NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९

विद्युतीय सुशासन आयोगको पहिलो बैठक

विद्युतीय सुशासन आयोगको पहिलो बैठक

विद्युतीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न

सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिककेन्द्रित बनाउँदै विद्युतीय सुशासन कायम गर्न गठित विद्युतीय सुशासन आयोगको पहिलो बैठक १७ वैशाख २०८० सम्पन्न भएको थियो।

आयोगका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूको अध्यक्षतामा गठित आयोगको पहिलो बैठकले देहाएबमेजिमका निर्णय गरेको थियो:

  • E-governance Blueprint निर्माण गर्ने
  • नागरिक सेवा केन्द्र स्थापना गर्ने
  • विद्युतीय सुशासन आयोगलाई कानुनमा समाबेश गर्ने

बैठकमा आयोगका प्रमुख कार्यकारी अधिकृत तथा सदस्य श्री  दीपेश विष्टज्यूले विद्युतीय सुशासन आयोगमा भावी कार्यक्रमहरू बारेमा जानकारी गराउनु भएको थियो।

बैठकमा माननीय आयोगका सहअध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा रेखा शर्माज्यू, आयोगका सदस्य तथा मुख्य सचिव शंकरदास बैरागीज्यू, आयोगका सल्लाहकार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवज्यू कृष्ण राउतज्यूको उपस्थिति थियो।